Pura Samachar

आज नेपालले युएईसँग खेल्दै

प्रकाशित: March 12, 2023
पूरा समाचार

आज  नेपालले युएईसँग खेल्दै

काठमाडौं।

आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज आईतबार नेपालले युएईसँग खेल्दैछ ।

खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।पहिलो खेलमा जित हात पारेको नेपालले आजको खेलमा पनि जित निकाल्न चाहान्छ ।

हिजो काठमाडौंमा हल्का वर्षा भएको थियो ।आज भने वर्षा हुने सम्भावना कम रहेको छ।हाल काठमाडौंको आकाश सफा र घाम ल्याउने क्रममा रहेको छ।

यदि नेपालको खेल हुनको दिन पानी आए नेपाललाई ठूला घाटा हुने पक्का छ।नेपाल लिग टू को शीर्ष तिनमा स्थान बनाउने बाँकी रहेका ३ खेलमा नै जीत हासिल गर्ने पर्ने छ।यदि खेल हुनेको दिन पानी आएर अंक बढ्न परे नेपालले शीर्ष तिनवटा बाहिरिने छ।

पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई पराजित गरेको थियो ।विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।

युएई भने यस सिरिजको दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । युएई पहिलो खेलमा पीएनजीसँग पराजित भएको थियो ।

विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएई बाँकी तीन खेल जितेर एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न चाहान्छ ।

युएईलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न नेपाललाई पराजित गर्नेपर्ने हुन्छ । यो खेल जितेर नेपाल भने २ खेल अगाबै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्न चाहान्छ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा १६ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३४ अंक जोडेर अंक तालिकाको पाचौं स्थानमा रहेको छ ।

उता, युएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया