Pura Samachar

नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश

प्रकाशित: March 13, 2023
पूरा समाचार

नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश

काठमाडौं । नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह ‘बी’ को विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेको छ ।

नेपालको जितमा दिपा शाहीले दुई गोल गरिन् । सरस्वती हमाल, सारा बज्राचार्य र जेनिफर रानाले एक एक गोल गरिन्।

नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा एक गोल गरेको थियो ।

 

खेलको पाँचौं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

छैटौं  मिनेटमा साराले गोल गर्दा नेपाल २-० ले अघि रह्यो ।

१९ औं मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको अग्रता तेब्बर बन्यो ।

खेलको ३० औं मिनेटमा सरस्वतीले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाईन् ।

खेलको ४५ औं मिनेटमा कप्तान प्रितीले गोल गर्दा नेपाल पहिलो हाफमा ५-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा जेनिफरले गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् ।

यस जितसँगै समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोड्यो । र, नेपाल अपराजित रहदै शीर्ष स्थानमा रहदै दोस्रो चरणमा पुगेको हो ।

छनोट अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो ।

नर्दन मारियानाको यो लगातार दोस्रो हार हो । नर्दनलाई पहिलो खेलमा प्यालेस्टाइनले ३-१ ले हराएको थियो । नर्दन अंक विहीन रहदै र प्यालेस्टाइन ३ अंक जोडेर पहिलो चरणबाट बाहिरिएको छ ।

दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ ।  यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया