Pura Samachar

सुनको मूल्य वृद्धि

प्रकाशित: March 13, 2023
पूरा समाचार

सुनको मूल्य वृद्धि

काठमाडौं- यो साताको दुई कारोबारमा सुनको मूल्य २३ सय रूपैयाँले वृद्धि भएको छ।  साताको पहिलो कारोबारमा आइतबार प्रतितोला १७ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार ६ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला एक लाख ३ हजार पाँचसयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४ हजार एकसय कायम छ। सोमबार तेजाबी सुनको मूल्य एक लाख ३ हजार ६ सय कायम कायम छ, जसको मूल्य आइतबार एक लाख ३ हजार कायम थियो।

आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य १० रूपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ५५ रूपैयाँ कायम छ।

प्रतिक्रिया