Pura Samachar

प्रधानमन्त्रीविश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने:कांग्रेसका प्रवक्ता प्रकाशशरण महत

प्रकाशित: March 15, 2023
पूरा समाचार

प्रधानमन्त्रीविश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने:कांग्रेसका प्रवक्ता प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

महतले भने, ‘विश्वासको मत लिइसकेपछि सरकारमा जानेबारे छलफल अघि बढ्छ। चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा छ। सरकारमा जाने विषयमा हामीले प्रवेश गरेका छैनौँ। त्यस विषयमा प्रधानमन्त्रीज्यूले नै निर्णय गर्नुहोला।’

राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र चैत १३ सम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

प्रतिक्रिया