Pura Samachar

पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग क्रीकेटको उपाधी जित्यो

प्रकाशित: March 21, 2023
पूरा समाचार

पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग क्रीकेटको उपाधी जित्यो

एजेन्सी। वर्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग क्रीकेटको उपाधी जितेको छ।

टस जितेर पहिला ब्याटिङ थालेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। जायन्ट्सका ज्याक्स कालिस ५३ बलमा ५ चौका र ३ छक्कासहित ७६ रनमा अविजित रहे।रोस टेलर ३२ रनमा आउट भए।अन्य ब्याट्सम्यानले राम्रो प्रदशन गर्न सकेनन।

बलिङतर्फ लायन्सका अब्दुर रजाकले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । थिसेरा परेराले एक विकेट लिए ।

१ सय ४८ रनको विजयी लक्ष्य एसियाले १६.१ ओभरम ३ विकेट गुमाएर पूरा गर्यो । एसियाका ओपनर तिलकरत्ने दिलशानले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए ।अर्का ओपनर उपुल थरंगा २८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रनमा आउटभए ।

बलिङतर्फ जायन्सका ब्रेट ली, स्मित पटेल र मोन्टि पनेसारले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया