Pura Samachar

आयोजक विराटनगर सिटी क्लब सेमिफाइनलमा प्रवेश

प्रकाशित: March 24, 2023
पूरा समाचार

आयोजक विराटनगर सिटी क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर — आयोजक विराटनगर सिटी क्लब रात्रिकालीन सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार सहिद मैदानमा भएको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिसलाई १–० गोलले पराजित गर्दै घरेलु टोली अन्तिम चारमा पुगेको हो ।  खेल अवधिभरि पुलिससँग दबेर खेलेको विराटनगरले अतिरिक्त समयको १७ मिनेटमा आशिष श्रेष्ठको गोलमार्फत बाजी मार्‍यो । श्रेष्ठले दिवाकर चौधरीको पासलाई सदुपयोग गरेका थिए ।

निर्धातिर ९० मिनेटको खेलमा दुवै टिमबाट गालरहित खेलखेलेपछि म्याच अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयमा घरेलु टोली पुलीसमाथि हाबी भएको थियो । खेलमा विजयी टिमका उत्सव राई म्यान अफ द म्याच भए ।

निर्धारित पूरै समय विराटनगरलाई दबाबमा राखेको पुलिसले गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा ऊ पहिलो खेलबाटै घर फर्कन बाध्य भयो ।

प्रतिक्रिया