Pura Samachar

मुलुक गम्भीर बिरामी अवस्थामा:काँग्रेस नेता डा. शेखर कोइराला

प्रकाशित: March 26, 2023
पूरा समाचार

मुलुक गम्भीर बिरामी अवस्थामा:काँग्रेस नेता डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरू हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरू निराश रहेको, व्यापारिक सहरहरू उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् ।

उनले भने, ‘मैले कर तिर्ने वर्ग निराश भएको पाएँ, यहीँ उद्यम गरेर टिक्न खोज्नेहरू हतास मनस्थितिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो । सबैको व्यापार घटेको छ । व्यापार घटेपछि उद्योगको उत्पादन घट्नु सामान्य हो । व्यापारिक सहर उजाड हुँदै छन् । भर्खरै प्राप्त जनगणना अनुसार काम गर्ने उमेरका एक तिहाइ नेपाली केही पनि आर्थिक उपार्जन गर्दैनन् । यो भन्दा भयावह परिस्थिति के हुन सक्ला ? अर्थतन्त्रको मुख्य आधार विप्रेषण मात्र भएको छ । यसले हाम्रो अर्थतन्त्र जोगाएको मात्र छैन, श्रीलङ्का र पाकिस्तानतिर जान पनि रोकिरहेको छ । विप्रेषणको माध्यमबाट चिर कालसम्म जोगाउन सम्भव छैन । देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च घटाउन समय समयमा बनेका प्रतिवेदन कार्यान्वयन गर्न राजनीतिक सहमति कायम गरेर अघि बढौँ ।’

प्रतिक्रिया