Pura Samachar

इटालीले युरो २०२४ को छनोट खेलमा पहिलो जित

प्रकाशित: March 27, 2023
पूरा समाचार

इटालीले युरो २०२४ को छनोट खेलमा पहिलो जित

एजेन्सी – इटालीले युरो २०२४ को छनोट खेलमा पहिलो जित हात पारेको छ । माल्टालाई २–० ले पराजित गर्दै इटालीले छनोटमा पहिलो जित निकालेको हो ।

यसअघि इटाली पहिलो खेलमा इंग्ल्यान्डसँग २–१ ले पराजित भएको थियो । इटालीको जितमा माटियो रेटेगुई र माटियो पेसिनाले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

माल्टामा आइतबार राति भएको खेलको १५औं मिनेटमा माटियोको गोलबाट इटालीले १–० को अग्रता लिन सफल भयो । उनले सान्द्रो टोनालीको पासमा गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा माटियो पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । पेसिनाले पनि सान्द्रो टोनालीकै पासमा गोल गर्न सफल भएका थिए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा इटालीलाई पहिलो हाफको दुई गोल नै जितको लासग पर्याप्त बन्यो ।

यस जितसँगै समूह ‘सी’ मा इटालीले २ खेलबाट ३ अंक जोडेको छ । पराजित माल्टाले दुई खेल खेल्दा जित र अंकविहीन बनेको छ ।

प्रतिक्रिया