Pura Samachar

नेपाली कांग्रेसले चैत १४ गतेभाेलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायाे

प्रकाशित: March 27, 2023
पूरा समाचार

नेपाली कांग्रेसले चैत १४ गतेभाेलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायाे

१३ चैत, काठमाडौं । सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत १४ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । सरकारमा मन्त्रीको रुपमा सहभागी हुने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।

प्रतिक्रिया