
१४ चैत, काठमाडौं । ललितपुर महांकाल गाउँपालिका १ बुखेलमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।
उनीहरूकी ५ वर्षकी छोरी गम्भीर घाइते भएकी छिन् ।मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुयाल र उनी श्रीमती ३४ वर्षीय सृजना फुयाल रहेका ललितपुरका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।
प्रतिक्रिया