Pura Samachar

अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले पराजित

प्रकाशित: March 29, 2023
पूरा समाचार

अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले पराजित

काठमाडौँ ।

अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कुराकाओलाई फराकिलो अन्तरले पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए भने निकोलस गोन्जालेज, इन्जो फर्नानडेज, एन्जल डी मारिया र गोन्जालो मोन्टिएलले एक एक गोल गरेका थिए ।

लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो १००औ गोल गरेका छन् । मेसीले कुराकाओविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको १००औ गोल गरेका हुन् ।

मेसीले १२२औं खेलमा अर्जेन्टिनाका लागि १००औं गोल गरेका छन् ।कुराकाओविरुद्ध अर्जेन्टिनाले यो खेल ७-० ले जितेको छ । योसँगै मेसीको अन्तर्राष्ट्रिय गोल संख्या १०२ पुगेको छ ।

मेसीले अर्जेन्टिनाको सिनियर टिममा २००५ मा डेभ्यु गरेका थिए । हंगेरीविरुद्धको डेभ्यु खेलमा मैदानमा छिरेको केहि समयमै रातो कार्ड पाएर उनी मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि २००६ मा क्रोसियाविरुद्धको खेलमा मेसीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।मेसीले हालै क्लब र अन्तर्राष्ट्रिय गरेर आफ्नो ८०० गोलको आँकडा पार गरेका थिए ।

योसँगै अन्तर्राष्ट्रिय गोल संख्या सय कटाउने मेसी तेस्रो खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा बढी गोल गर्ने रेकर्ड क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । रोनाल्डोएल अहिलेसम्म १२२ गोल गरेका छन् ।

त्यस्तै इरानका अलि दाइले १०९ गोल गरेका छन् भने मेसीले अहिलेसम्म १०२ गोल गरेका छन् ।

प्रतिक्रिया