
काठमाडौं।
एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो।
एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाईनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।नेपालले पहिलो खेलमा वैशाख ५ गते मलेसियासँग खेल्नेछ ।
एसीसी पुरुष प्रिमियर कपको पहिलो खेलमा नेपालले वैशाख ५ गते मलेसियासँग खेल्ने भएको छ ।एसियन क्रिकेट काउन्सिल(एसीसी) ले बिहीबार घोषणा गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले मलेसियालाई प्रतिद्वन्दी पाएको हो ।
नेपालले टियु क्रिकेट मैदानमा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । नेपाल र ओमानबीचको खेलले समूह एको विजेता निर्धारण गर्न सक्ने अनुमान गरिएको छ ।
नेपालले वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ । सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा) हुनेछ ।
सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ
प्रतिक्रिया