Pura Samachar

सुनको मूल्यवृद्धि

प्रकाशित: March 29, 2023
पूरा समाचार

सुनको मूल्यवृद्धि

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले वृद्धि भएको छ।

यो साता तीन दिन लगातार घटेको सुनको मूल्य बुधबार बढेको हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तीन दिनमा सुनको मूल्य एक हजार ८ सय रूपैयाँले सस्तिएको थियो। आइतबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार दुई सय रूपैयाँले घटेको थियो। मंगलबार एक हजार रूपैयाँले घटेको मूल्य बुधबार पाँचसय रूपैयाँले बढेको हो।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँ कायम थियो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय कायम थियो भने आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ तोकिएको थियो।

यस्तै चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। मंगलबारको तुलनामा १० रूपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ६५ रूपैयाँ कायम छ। म‌ंगलबार चाँदी प्रतितोला एक हजार ३ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया