Pura Samachar

उपप्रधान तथा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बन्ने निश्चित

प्रकाशित: March 29, 2023
पूरा समाचार

उपप्रधान तथा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बन्ने निश्चित

काठमाडौं । उपप्रधान तथा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बन्ने निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्रालय जाने सहमति भएको हो ।

गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ नै मन्त्री बन्ने निश्चित भएको माओवादीका एक नेताले जानकारी दिए । श्रेष्ठले यसअघि पनि गृहमन्त्री भैसकेका छन् ।

यस्तै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय फेर्न तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया