Pura Samachar

नेपाली कांग्रेसका बौद्धिक नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी छाडे

प्रकाशित: March 30, 2023
पूरा समाचार

नेपाली कांग्रेसका बौद्धिक नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी छाडे

काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी छाडेका छन्। उनले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै आफूले कांग्रेस छाडेको बताएका हुन्। उनले डा शेरखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा र गोविन्दराज पोख्रेललाई ह्वाट्स एपमा सन्देश पठाएर कांग्रेस छोडेको घोषणा गरेका हुन् ।

उनले चारै जनालाई सम्बोधन गर्दै अपार सद्भावका बावजुद निरन्तर हेपाइ र अपमानले पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन्। प्रिय शेखर दाई, हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

उनले कृपा र निगाहाको जीवनपर्यन्त राजनिति भन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र उर्जा सान्दर्भिक रहँदै डेलिभरिको प्रयोगमा जान चाहेको उनले लेखेको सन्देशमा भनिएको स्रोतले जानकारी दिएको छ । उनले जहाँ रहे पनि आत्मीय मित्रता कायमै राख्ने सन्देशमा उल्लेख गरेको स्रोतले बताएको छ।

‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुन्थ्यो। त्यसपछि छोड्दा अवज्ञा गरेकोजस्तो हुन्थ्यो, सन्देशमा उनले भनेका छन्, ‘कांग्रेसमा हजुरहरूको निर्णयाक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनैरूपमा जोडिनसक्ने आशा छ।

प्रतिक्रिया