Pura Samachar

शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक चैत २० गतेदेखि सुरु

प्रकाशित: March 30, 2023
पूरा समाचार

शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक चैत २० गतेदेखि सुरु

१६ चैत,  काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले बिहीबार लिगको आगामी ८ चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

फागुन १९ गतेदेखि सुरु भएको डबल लिगमा यसअघि पाँचौं चरणसम्मको खेल भएको छ ।  ५ मध्ये ४ खेल जितेको सातदोबाटो युथ क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।समान ११ अंकसहित मनाङ मर्स्याङदी क्लब दोस्रो र चर्च ब्वाइज युनाइटेड तेस्रो स्थानमा छन् ।

५ मध्ये एउटा खेल मात्र बराबरी खेलेको नेपाल पुलिस क्लब १ अंकसहित पुछारमा छ ।

नयाँ तालिका अनुसार छैटौं चरणको खेल चैत २० गतेदेखि सुरु हुनेछ ।एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार चैत्र २० गते सोमबाार संकटा क्लब खुमलटार युथ क्लब तथा एपिएफ र पुलिसबीच खेल हुनेछ ।

प्रतिक्रिया