Pura Samachar

साबिकको विजेता गुजरातकाे सुखद सुरुआत

प्रकाशित: April 1, 2023
पूरा समाचार

साबिकको विजेता गुजरातकाे सुखद सुरुआत

काठमाडौं ।

१६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साबिकको विजेता गुजरात टाईटन्सले जितका साथ सुखद सुरुआत गरेको छ। गुजरातले सुखद सुरुआत गर्ने क्रममा चेन्नाई सुपर किंग्सविरुद्धको अपराजित यात्रालाई जारी राखेको छ ।

आईपीएलको इतिहासमा यि दुईबीच भएको तीन खेलमा गुजरात अपराजित रहेको छ। अहमदाबादमा रहेको विश्वको नै ठूलो क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाहुना टोली चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १ सय ७८ रनको लक्ष्य गुजरातले १९ ओभर २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नाईका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले ।

रिद्धिमान शाहले १६ बलमा २५ तथा विजय शंकरले २१ बलमा २७ रन बनाए । इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको स्थानमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए । राशिद खानले ३ बलमा अविजित १० तथा राहुल तेवातियाले १४ बलमा अविजित १५ रन बनाए ।

चेन्नाईका लागि आजकै खेलमा आईपीएल डेब्यु गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो ।

पाहुना टोलीका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले । मोइन अलिले २३ रन बनाउँदा शिबम दुवेले १८ बलमा १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १४ रन बनाउँदा अम्बादी राईडुले १२ रन बनाए ।

घरेलु टोलीका लागि मोहम्मद सामी,अल्जारी जासेफ र राशिद खानले समान २/२ तथा जोश लिटिलले १ विकेट लिए ।

आयरल्यान्डका बलर लिटिलले आज नै आईपीएलमा डेब्यु गरेका थिए । लिटिल आईपीएल खेल्ने पहिलो आयरल्यान्डका पहिलो क्रिकेटर समेत हुन् ।

पहिलो खेलमा जित हात पारेको गुजरात १० टोली सहभागी रहेको प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । हारसँगै चेन्नाई सुपर किंग्स दोस्रो स्थानमा रहेको छ ।

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता छ। १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकत्ता नाइटराइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन्। समूह ‘बी’ मा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदरावाद, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंग्लोर र पन्जाब किंग्स रहेका छन्।

आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २/२ तथा अर्को समूहका बाँकी टोलीसँग १/१ खेल हुनेछ।यसका अनुसार लिग चरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछन्। ७४ खेल खेलिने आईपीएल आगामी २८ मेसम्म जारी रहनेछ।

प्रतिक्रिया