Pura Samachar

रसुवागढी नाका आजदेखि खुल्यो

प्रकाशित: April 1, 2023
पूरा समाचार

रसुवागढी नाका आजदेखि खुल्यो

काठमाडौं –  रसुवागढी नाका आजदेखि खुलेको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले रसुवागढी नाका दुईतर्फी खुलेको जानकारी दिएका हुन् । ट्विट गर्दै सोङले रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको बताए ।

‘आज रसुवा पुल पार गरेर चीन प्रवेश गरेका पहिलो नेपाली समूहलाई चीनले हार्दिक स्वागत गरेको छ’ उनले भने, ‘यसले द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने म विश्वास लिएको छु ।’

 

प्रतिक्रिया