Pura Samachar

चर्च ब्वाइज युनाइटेड क्लबलाई जीतपुर सिमरा गोल्डकपको उपाधि

प्रकाशित: April 2, 2023
पूरा समाचार

चर्च ब्वाइज युनाइटेड क्लबलाई जीतपुर सिमरा गोल्डकपको उपाधि

१९ चैत, सिमरा । चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो सहभागितामै १३औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० ले स्तब्ध पार्दै चर्च ब्वाइज युनाइटेडले उपाधि हात पारेको हो ।उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र ट्रफी हात पार्‍यो भने उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँमा चित बुझायो ।चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे ।

प्रतिक्रिया