Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: April 2, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ।   आइतबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एकसय रूपैयाँ कायम छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम थियो।

चाँदीको मूल्य भने आइतबार प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार तोलाको एक हजार चारसय रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार चारसय १० रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया