Pura Samachar

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रकाशित: April 2, 2023
पूरा समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, चम्पापुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

कपिलवस्तुकै विजयनगर गाउँपालिका–४, त्रिपालनगरका २९ वर्षीय बाबुराम कुँवरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका दाङको घोराही उपमहानगपालिका–१, रामपुरका ३० वर्षीय बलदेव पौडेल र विजयनगर–४ का ३५ वर्षीय राज मगरको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।

गए राति करिब साढे १० बजे उनीहरू दुर्घटनामा परेका थिए । बिग्रिएर सडकमा रोकिराखेको ग१ख ३८३५ नम्बरको मिनिट्रकको पछाडि उनीहरू तीनजना सवार रा३प ७६७० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलका चालक को हुन् भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया