Pura Samachar

मुख्यमन्त्रीले कार रेलीलाई बिदा गरे

प्रकाशित: April 4, 2023
पूरा समाचार

मुख्यमन्त्रीले कार रेलीलाई बिदा गरे

डा हरिमोहन पोखरेल
कोहिमा/मणिपूर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले झन्डा उठाएर कार रेली बिदा गरेको समाचार छ ।
पूर्वोत्तर भारत परिक्रमा नामक कार रेलीको आयोजना सेनाको पूर्व कमान्डले आयोजना गरेको थियो ।
समारोहमा बोल्दै मुख्यमन्त्री बिरेनले भने कि भारतीय सेनाले गरेको यो कार्यक्रमले समग्र भारतको एउटा मनोबल उच्च बनाउन सफल भएको छ ।
उनले अगाडि थपे कि सेनाका कतिपय सेवाको कामलाइ हामीले सलाम गर्नुपर्ने हुन्छ ।
यस अवसरमा रेलीमा भाग लिनेहरूलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया