Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग:आज दुई खेल हुँदै

प्रकाशित: April 6, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग:आज  दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्  ।

लिग अन्तर्गत बिहीबार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

एन्फा कम्प्लेक्समा साविक विजेता मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

मछिन्द्र आज दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

हिमालयनविरुद्धको खेलमा मछिन्द्रमा हालै अनुबन्धित भुटानी फरवार्ड चेन्चो ग्याल्सेनले खेल्ने सम्भावना रहेको छ ।

हिमालयन पनि दोस्रो जितको खोजीमा रहेको छ । हिमालयन ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र थ्री स्टारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

आर्मी आज तेस्रो जितको योजनामा हुनेछ । आर्मी ५ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

थ्री स्टार पनि तेस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया