Pura Samachar

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रकाशित: April 6, 2023
पूरा समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुर महानगरपालिका वडा नम्बर ३ धोबिघाट ओरालोमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

इलाम घर भई कीर्तिपुर बस्ने २७ वर्षीय धनराज लिम्बुले चलाएको प्रदेश नम्बर १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्‍करबाट एक पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ।

करिब ४५ वर्षका उनको पहिचान खुलेको छैन।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई अल्का अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा बुधबार बेलुकी निधन भएको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमर्टमका लागि पाटन अस्पताल लगिएको छ।

साथै ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया