Pura Samachar

आईपीएलमा आज एक खेल हुदै ,कोलकत्ता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बेंग्लोर

प्रकाशित: April 6, 2023
पूरा समाचार

आईपीएलमा आज  एक खेल हुदै ,कोलकत्ता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बेंग्लोर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज बिहिबार एक खेल हुदैछ ।

आजको खेलमा कोलकत्ता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा हुनेछ ।

यो खेल दुवै टोलीको यस सिजनको दोस्रो खेल हो ।

पहिलो खेलमा बेंग्लोरले घरेलु मैदानमा मुम्बई इन्डियन्सलाई ८ विकेटको सहज जित निकालेको थियो ।

बेंग्लोर आजको खेलमा पनि जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।

पन्जाबको घरेलु मैदानमा पहिलो खेलमा डीएल मेथडमा ७ रनले पराजित कोलकत्ता पहिलो जितको खोजीमा रहेको छ।

पहिलो खेलमा जित हात पारेको बेंग्लोर २ अंकका साथ १० टोली सहभागी लिगको तेस्रो स्थानमा रहेको छ ।

उता, पहिलो खेलमा हार व्यहोरेको मुम्बई २ अंकका साथ नवौं स्थानमा रहेको छ ।

पहिलो खेलमा झै वानिन्दु हसरंगा तथा जोस हेजलउड टोलीमा उपलब्ध रहेका छैनन् । युवा ब्याटर रजत पाटिदारले यस सिजनको पूरै आईपीएल गुमाईसकेकाले उनी पनि उपलब्ध हुने छैनन् ।

पहिलो खेलमा चोट बोकेका रिच टोप्ली पनि आजको खेलमा नहुने सम्भावना रहेको छ ।

कोलकत्ताले शकिब अल हसनको स्थानमा टोलीमा अनुबन्ध गरेको जेसन रोय आईतबारको गुजरातविरुद्धको खेलमा उपलब्ध हुनेछन् ।

हेड टु हेड :

बेंग्लोर र कोलकत्ताबीच हालसम्म ३० खेल भएको छ । जसमा कोलकत्ताले १६ तथा बेंग्लोरले १४ खेलमा जित हात पारेको छ ।

पछिल्लो पाँच खेलमा बेंग्लोरले तीन र कोलकत्ता दुई खेलमा विजयी भएका छन् ।

प्रतिक्रिया