
काठमाडौं।भारतमा आयोजना हुने पुरुष साफ च्याम्पियनसिप २०२३ मा आमन्त्रित राष्ट्रको रुपमा साउदी अरेबीया र मलेसियाले सहभागिता जनाउने भएको छ ।
आगामी जुन–जुलाईमा भारतको बेङ्गलुरुमा हुने पुरुष साफ च्याम्पियनसिप मा साउदीको अण्डर २३ र मलेसियाको सिनियर राष्ट्रिय टोलिको सहभागिता रहने भएको हो । यी दुबै टोलिलाई दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले आमन्त्रित राष्ट्रको रुपमा सहभागिता गराउने निर्णय गरेको हो ।
मलेसिया फुटबलको फिफा वरियतामा १४६ औं स्थानमा रहेको छ।भने नेपाल फिफा वरीयतामा १७५ औं स्थानमा रहेको छ। नेपाल भन्दा मलेसिया र साउदीको टिम बलियो रहेको छ।
मार्च ३१ मा बसेको साफको केन्दिुरय कमिटिको बैठकमा प्रतियोगितालाई थप मजुबत बनाउन दक्षिण एशियाभन्दा बाहिरको राष्ट्रलाई सहभागिता गराउने बारेमा गम्भिर रुपमा छलफल चलेको थियो ।
साउदी र मलेसियाले पनि साफ च्याम्पियनसिपमा सहभागिता जनाउने पक्का भएपछि अब ७ राष्ट्रले प्रतियोगिता खेल्ने पक्का भएको छ । यी दुईबाहेक नेपाल, भारत, भुटान, बंगलादेश र माल्दिभ्स को सहभागिता रहनेछ ।
प्रतिक्रिया