Pura Samachar

राष्ट्रिय महिला फुटबल टोलीले आज दोस्रोखेल भियतनामसँग खेल्दै

प्रकाशित: April 8, 2023
पूरा समाचार

राष्ट्रिय महिला फुटबल टोलीले आज दोस्रोखेल भियतनामसँग खेल्दै

पेरिस ओलम्पिकअन्तर्गत एशियाली छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज शनिबार भियतनामसँग खेल्दैछ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ।

आजको खेलमा नेपाली टोली बलियो भियतनामलाई हराउँदै अघिल्लो चरण पुग्ने योजनामा छ। नेपालले छनोटको दोस्रो चरणमा स्थान बनाउन भियतनामलाई कम्तीमा ४ गोल हान्नुपर्नेछ।

नेपाली टोली पहिलो खेलमा गरेको गल्तीलाई सुधार्दै मैदान उत्रने रणनीतिमा हुनेछ। पहिलो खेलमा डिफेन्सिभ लाइन कमजोर देखिएको नेपाली टोली आजको खेलमा सुधारिएको खेल पस्कनुपर्नेछ।

पहिलो खेलमा डिफेन्डर र गोलरक्षकबिच तालमेल नमिल्दा नेपालले गोल खान पुगेको थियो। पहिलो खेलमा डिफेन्डर गिता राना र मिडफिल्डर प्रिति राइको अभाव मैदानमा प्रष्ट देखिएको थियो।

उता विश्वकप खेल्ने तयारीमा रहेको भियतनाम नेपालसँग पहिलो खेलको लयलाई नै निरन्तरता दिने योजनामा हुनेछ।

छनोटको पहिलो खेलमा ५–१ ले पराजित भएको नेपाल आजको खेलमा जितका लागि मैदान उत्रनेछ। नेपालका लागि सावित्रा भण्डारीले सान्त्वना गोल गरेकी थिइन्।

प्रतिक्रिया