Pura Samachar

राजस्थान रोयल्सको दोस्रो जित

प्रकाशित: April 9, 2023
पूरा समाचार

राजस्थान रोयल्सको दोस्रो जित

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । राजस्थानले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको हो ।  दिल्ली क्यापिटल्सले लगातार तेस्रो हार बेहारेको छ ।

जितको लागि २ सय रनको बलियो विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । दिल्लीका ओपनर तथा कप्तान डेविड वार्नरले ५५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।

राजस्थानका ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । रविचन्द्र आश्विनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । लेगस्पिनर युजभेन्द्र चहलले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । राजस्थानका लागि अनुभवी ब्याटर तथा ओपनर जस बटलरले ५१ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।

अर्का बायाँ हाते युवा ओपनर यशस्वी जैसवाल ३१ बलमा ११ चौका र १ छक्कासहित ६० रनको उत्कृष्ट इनिङ खेले । दिल्लीका तीव्र गतिका बलर मुकेश कुमारले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कुलदीप यादव र रोभम्यान पावेलले एक एक विकेट लिए ।

प्रतिक्रिया