
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाव किङ्सलार्य ८ विकेट पराजित गरेको छ।
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा गएराति सम्पन्न खेलमा पञ्जावले दिएको १४४ रनको लक्ष्य हैदराबादले १७ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
टस हारेर ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन बनाएको थियो। पञ्जावका कप्तान शिखर धवनले ९९ रन बनाएका थिए। साम करनले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेन्।
हैदराबादका मयन्क मार्कन्डेले चार विकेट लिए। मार्को जन्सेन र उम्रन मलिकले समान दुई विकेट लिँदा भुवनेश्वर कुमारले एक विकेट लिए।
१४४ रनको लक्ष्य सहित मैदानमा आएको हैदराबादका लागि राहुल त्रिपाठीले ७४ रन बनाए। कप्तान आइदेन मार्करमले ३७, मयन्क अग्रवालले २१ र ह्यारी ब्रुकले १३ रन जोडे। पञ्जावका अर्शदीप सिंह र राहुल चहरले समान एकरएक विकेट लिए।
जितसँगै तीन खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको आठौं स्थानमा उक्लिएको छ। समान खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा छ ।
प्रतिक्रिया