Pura Samachar

कोलकता नाइट राइडर्स अविश्वसनीय जित

प्रकाशित: April 10, 2023
पूरा समाचार

कोलकता नाइट राइडर्स अविश्वसनीय जित

काठमाडौं । रिंकु सिंहले अन्तिम ५ बलमा लगातार ५ छक्का हानेपछि कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएलमा आइतबार अविश्वसनीय जित हासिल गरेको छ । उसले साविक विजेता गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो ।
गुजरातका कार्यवाहक कप्तान रासिद खानले १६औं सिजनको पहिलो ह्याट्रिक विकेट लिए पनि रिंकु सिंह कोलकाताका लागि नायक सावित भए र  कोलकताले लगातार दोस्रो जित हात पार्यो । अन्तिम ओभरमा रिंकुले लगातार ५ छक्का प्रहार गेपछि कोलकताले २०५ रनको लक्ष्य अन्तित बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

घरेलु मैदान अहमदाबादमा गुजरातलाई जिताउन इम्प्याक्ट प्लेअर वेंकटेश ऐय्यरले सर्वाधिक ८३ रन बनाउदा रिंकुले २१ बलमा नटआउट त ४६ रन बनाए ।कोलकतालाई अन्तिम चार ओभरमा जितका लागि ५० रन चाहिएको थियो भने हातमा ६ विकेट बाँकी थियो ।

तर १७औं ओभरमा रासिद खानले आन्द्रे रसेल, सुनिल नारिन र शार्दुल ठाकुरलाई लगातार आउट गर्दै ह्याट्रिक लिएपछि कोलकता संकटमा परेको थियो । उक्त ओभरमा कोलकताले जम्मा दुई रन जोड्यो ।

अन्तिम १८ बलमा कोलकतालाई ४८ रन चाहिएको थियो । कोलकताले १८औं ओभरमा ५ रन मात्र जोडेपछि अन्तिम १२ बलमा ४३ रन चाहियो । १९औं ओभरमा रिंकुले एक छक्का एक चौका प्रहार गरेपछि कोलकताले १४ रन जोड्यो ।

अन्तिम ओभरमा कोलकतालाई जितका लागि २९ रन चाहियो । यस दायलको बलिङमा उमेश यादवले पहिलो बलमा सिंगल लिँदै रिंकलाई स्ट्राइक दिए । त्यसपछि रिंकुले चमत्कार नै गरे । उनले लगातार ५ छक्का हानेर कोलकतालाई जिताए ।

यसअघि २८ रनमा दुई विकेट गुमाएको कोलकताका लागि वेंकटेशले कप्तान नितिश राणासँग १०० रन साझेदारी गरे ।नितिशले २१ बलमा १ चौका र ६ छक्का प्रहार गरी ४८ रन जोडे । ओपनर रहमानुल्लाह गुर्बाजले १५ रन बनाए ।

गुजरातका रासिद खानले ३ तथा अल्जारी जोसेफले २ विकेट लिए । मोहम्मद शामी र जोस लिटिलले समान १ विकेट लिए ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले विजय शंकरको आक्रामक अर्धशतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । विजय शंकरले २४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ६३ रन जोडे ।

यस्तै साई सुदर्शनले ३८ बलमा ३ चौका र २ छक्का मद्तमा ५३ रन बनाए । शुभमन गिलले ३९ रन जोडे । कोलकताका सुनिल नारिनले ३ विकेट लिए ।

यस्तै सुयास शर्माले १ विकेट लिए ।पहिलो खेलमा पञ्जाव किंग्ससँग पराजित भएको कोलकताले त्यसपछि रोएल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको थियो ।दुई खेल जित्दै उत्कृष्ट सुरुवात गरेको गुजरातको जारी सिजन यो पहिलो हार हो ।  दोस्रो जितपछि कोलकता ४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । गुजरात ४ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया