Pura Samachar

सुनचाँदीको मूल्य घटयाे

प्रकाशित: April 10, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य  घटयाे

काठमाडौं- आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार घटेको छ।  सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले सस्तिएको छ। आइतबार प्रतितोला एक हजार चारसय ४० मा कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ४ सय ३० कायम छ।

प्रतिक्रिया