Pura Samachar

नेपालमा एकै दिन कोरोना भाइरसका १ सय २४ जना नयाँ संक्रमित थपिए

प्रकाशित: April 10, 2023
पूरा समाचार

नेपालमा एकै दिन कोरोना भाइरसका १ सय २४ जना नयाँ संक्रमित थपिए

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एकै दिन कोरोना भाइरसका १ सय २४ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २५ सय ६६ जनाको परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ९०३ जनाको पीसीआर गर्दा ७७ जनामा तथा १६६३ जनाको एन्टीजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १९ हजार २ सय ६३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआरमार्फत संक्रमण पुष्टि भएका सक्रिय संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।

प्रतिक्रिया