Pura Samachar

बैंकहरूको अवस्था सुरक्षित छ:गभर्नर महाप्रसाद अधिकारी

प्रकाशित: April 11, 2023
पूरा समाचार

बैंकहरूको अवस्था सुरक्षित छ:गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्रमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले भने, ‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । स्वस्थ छ । सानोतिनो धक्काले जाखिम आउने अवस्था छैन । तथ्यांकहरू पनि बलिया छन्।’

फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनको भनाई छ । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको गभर्नर अधिकारीले बताए ।

 

प्रतिक्रिया