Pura Samachar

हिमालयन शेर्पा क्लब र संकटा क्लबको जित

प्रकाशित: April 12, 2023
पूरा समाचार

हिमालयन शेर्पा क्लब र संकटा क्लबको जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई हराएको छ ।

च्यासल मैदानमा बुधबार भएको खेलमा हिमालयनले एपीएफलाई ५-३ गोल अन्तरले हराएको हो ।

खेलको आठौं मिनेटमा सुदिप श्रेष्ठले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २४ औं मिनेटमा सत्यम शर्माले गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए ।

२८ औं मिनेटमा सत्यमले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई ३-० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए ।

खेलको ४७ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपीएफलाई ३-२ को स्थितिमा ल्याए ।

खेलको ६३ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई ३-३ गोलको बराबरीमा ल्याए ।

खेलको ७५ औं अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई ४-३ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई ५-३ को जित दिलाए ।

हिमालयनको यो दोस्रो जित हो । हिमालयन ८ खेलमा ९  अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ ।

एपीएफको यो तेस्रो हार हो । एपीएफ ८ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटाले एनआरटीलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको २२ औं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३७ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६२ औं मिनेटमा एनआरटीका निकोलस सेर्जी सङले गोल गरेपनि संकटा २-१ ले विजयी भयो ।

संकटाको यो तेस्रो जित हो । संकटाले ८ खेलमा १२ अंक जोडेको छ ।

संकटा सातौं स्थानमा उक्लिएको छ ।

एनआरटीले ८ खेलमा ६ अंक जोडेको छ ।

चौंथो हार व्यहोरेको एनआरटी ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया