Pura Samachar

सातदोबाटो क्लब शीर्ष स्थानमा उक्लियाे

प्रकाशित: April 13, 2023
पूरा समाचार

सातदोबाटो क्लब शीर्ष स्थानमा उक्लियाे

काठमाडौं ।  सातदोबाटो क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो ।

सातदोबाटोको जितमा दीपक सिंह ठकुरीले निर्णायक गोल गरे ।खेलको ४० औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई जित दिलाएका हुन् । जितसँगै शीर्ष स्थानमा उक्लिएको सातदोबाटोले ८ खेलमा १६ अंक जोडेको छ । सातदोबाटोको यो पाँचौं जित हो ।  मनाङको यो सिजनको पहिलो हार हो । मनाङ ८ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ।

प्रतिक्रिया