
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एकै दिन कोरोना भाइरसका १ सय ६ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।
मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १४ सय ८८ जनाको परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये ५४१ जनाको पीसीआर गर्दा ६४ जनामा तथा ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३१ हजार ५ सय ५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआरमार्फत संक्रमण पुष्टि भएका सक्रिय संक्रमितको संख्या ४ सय ३५ पुगेको छ ।
प्रतिक्रिया