Pura Samachar

विद्रोही कांग्रेस गोविन्दराज जोशी र उनका छोरा दीपकराज जोशीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटघाट

प्रकाशित: April 13, 2023
पूरा समाचार

विद्रोही कांग्रेस गोविन्दराज जोशी र उनका छोरा दीपकराज जोशीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटघाट

काठमाडौँ- तनहुँका विद्रोही कांग्रेस गोविन्दराज जोशी र उनका छोरा दीपकराज जोशीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्।

जोशीका बाबुछोरासँग लामिछानेसहितको रास्वपाको टोलीले बिहीबार बिहान चितवनको चुम्लिङटारमा भेटेका हुन्।

कांग्रेससँग विभिन्न चरणमा भएको वार्ता सकारात्मक नभएपछि जोशीको समूह रास्वपासँग नजिकिएको देखिएको छ।

तनहुँ १ मा हुने आगामी उपनिर्वाचनमा जोशी समूहले रास्वपाका तर्फबाट उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई सघाउने वचन दिएको पनि बैठकमा सहभागी एक सदस्यले बताए।

गत आमनिर्वाचनका कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलबिरुद्ध उम्मेदवारी दिएका गोविन्दराज जोशीले करिब ७ हजार मत ल्याएका थिए।

प्रतिक्रिया