Pura Samachar

चर्च ब्वाइज र फ्रेन्ड्सले अंक बाँडे

प्रकाशित: April 14, 2023
पूरा समाचार

चर्च ब्वाइज र फ्रेन्ड्सले अंक बाँडे

एक गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपाधि दाबेदार चर्च ब्वाइज युनाइटेडले रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबसँग अंक बाँडेको छ । दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा एक गोल बेहोर्न पुग्यो ।

आठ खेलबाट चर्च ब्वाइजले १४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । प्रशिक्षक बालगोपाल महर्जन पहिलोपटक चर्च ब्वाइजको टेक्निकल क्षेत्रमा रहेका थिए । प्रदीप हुमागाईंले श्रम स्वीकृति नपाएपछि महर्जनले चर्च ब्वाइजको प्रशिक्षण जिम्मेवारी पाएका हुन् । जितबाट सुरुवात गर्ने महर्जनको योजना भने सफल भएन । फ्रेन्ड्सको समान खेलबाट पाँच अंक जोडेर १३औँ स्थानमा छ ।

प्रतिक्रिया