Pura Samachar

नेपालमा एकै दिन कोरोना भाइरसका ९९ जना नयाँ संक्रमित थपिए

प्रकाशित: April 16, 2023
पूरा समाचार

नेपालमा एकै दिन कोरोना भाइरसका ९९ जना नयाँ संक्रमित थपिए

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एकै दिन कोरोना भाइरसका ९९ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १६ सय ०४ जनाको परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ३६४ जनाको पीसीआर गर्दा ५० जनामा तथा १२४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ५० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआरमार्फत संक्रमण पुष्टि भएका सक्रिय संक्रमितको संख्या ३ सय ७७ पुगेको छ ।

प्रतिक्रिया