
काठमाण्डौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले विभागिय टोली नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।
च्यासल मैदानमा आईतबार सम्पन्न नवौं चरणको खेलमा संकटाले एपीएफलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
संकटाको जितका लागि जुनियर एनकेन्गुले निर्णायक गोल गरे । उनले पहिलो हाफको २९ औं मिनटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
त्यसपछि दुवै टोलीले पाएको अबसरलाई सदुपयोग गर्न सकेनन् र खेल १-० को अवस्थामा सकियो ।
संकटाको जारी लिगमा यो चौंथो जित हो । चौंथो जितसँगै ९ खेलबाट १५ अंक जोडेको संकटा तेश्रो स्थानमा उक्लिएको छ ।
यता पराजित एपीएफको समान खेलमा ११ अंक रहेको छ ।
प्रतिक्रिया