Pura Samachar

सातदोबाटोले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी

प्रकाशित: April 16, 2023
पूरा समाचार

सातदोबाटोले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सातदोबाटोले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको हो ।

खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यस बराबरीसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

सातदोबाटो ९ खेलमा १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पुलिस ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया