Pura Samachar

नेपालमा एकै दिन कोरोना भाइरसका १ सय ४ जना नयाँ संक्रमित थपिए

प्रकाशित: April 17, 2023
पूरा समाचार

नेपालमा एकै दिन कोरोना भाइरसका १ सय ४ जना नयाँ संक्रमित थपिए

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एकै दिन कोरोना भाइरसका १ सय ४ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १६ सय ३२ जनाको परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ५७१ जनाको पीसीआर गर्दा ६३ जनामा तथा १०६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ६० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २६ हजार ६ सय ७५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआरमार्फत संक्रमण पुष्टि भएका सक्रिय संक्रमितको संख्या ३ सय ७९ पुगेको छ । याे अवधिमा १ जनाकाे मिर्तु ।

प्रतिक्रिया