Pura Samachar

सुनको मूल्य स्थिर

प्रकाशित: April 18, 2023
पूरा समाचार

सुनको मूल्य स्थिर

काठमाडौं- मंगलबार सुनको मूल्य स्थिर छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार चारसय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार चारसय ३५ रूपैयाँ कायम छ।

प्रतिक्रिया