Pura Samachar

आईपीएल क्रिकेट अन्तर्गत आज एक खेल हुँदै

प्रकाशित: April 19, 2023
पूरा समाचार

आईपीएल क्रिकेट अन्तर्गत आज एक खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज बुधबार एक खेल हुँदैछ ।

आईपीएलमा बुधबार राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् ।

राजस्थानको घरेलु मैदान सवाई मानसिंह स्टेडियम जयपुरमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ पौने आठबाट सुरु हुनेछ ।

राजस्थान र लखनउले समान ५/५ खेल खेलेका छन् । राजस्थान आजको खेल जितेर पाँचौ जित निकाल्ने योजनामा रहेका छन् ।

लखनउ आजको खेल जितेर चौथो जित निकाल्ने योजनामा रहेका छन् ।

राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा रहँदा लखनउ ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

दुई टोलीबीचको भएको दुई भेटमा राजस्थान अपराजित रहेको छ ।

यस सिजन दुई टोलीबीचको यो पहिलो भेट हो ।

प्रतिक्रिया