Pura Samachar

सेयर बजारमा छायो हरियाली

प्रकाशित: April 19, 2023
पूरा समाचार

सेयर बजारमा छायो हरियाली

काठमाडौं। जग्गा कित्ताकाटलाई सहजीकरण गर्ने सरकारी निर्णयपछि सेयर बजारमा बुधबार रौनक फर्किएको छ। पछिल्लो चार कारोबार दिनयता निरन्तर घटिरहेको सेयर बजार मंगलबार सरकारले कित्ताकाट खुलाउने निर्णयपछि बुधबार लयमा फर्किएको छ।

बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ विन्दु माथि उक्लिएको छ। सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेको छ। पछिल्लो चार कारोबार दिन निरन्तर ५८ अंक भन्दा धेरैले बजार घटेको थियो घटेको बजार आज भने सकारात्मक बनेको हो।

आज सेयर बजार बढेपनि कारोबार भने बढ्न सकेको छैन। कित्ताकाट खोल्ने सरकारी निर्णयले घरजग्गा कारोबारलाई केही सहज बनाउने पर्खाइमा लगानीकर्ता छन्। यस्तै, जानकारहरुका अनुसार लगानीकर्ताहरु अब चैतको वित्तीय विवरण हेरेर मात्र लगानी गर्ने सोचमा छन्।

प्रतिक्रिया