Pura Samachar

युएई र ओमानकाे विजयी शुरुवात

प्रकाशित: April 19, 2023
पूरा समाचार

युएई र ओमानकाे विजयी शुरुवात

काठमाण्डौं । एशियन क्रिकेट काउन्सिलले पहिलोपटक नेपालमा आयोजना गरेको एसीसी प्रिमियर कप २०२३ मा ओमानले विजयी शुरुवात गरेको छ ।

मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा बुधरबार सम्पन्न प्रतियोगिताको चौंथो तथा आफ्नो पहिलो खेलमा कतारलाई ४० रनले पराजित गर्दै ओमानले विजयी शुरुवात गरेको हो ।

ओमानले दिएको २५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा अलआउट हुँदै २०९ रनमा समेटियो । कतारका लागि कप्तान मोहम्मद रिजलनले सर्वाधिक ४३ रन जोड्दा खुर्रम शाहजादले ३०, इमल लियानागेले २७ तथा इक्रामुल्लाह खानले २६ रन जोडे ।

बलिङ्गमा ओमानका लागि बिलाल खानले ४ तथा जय ओडेद्रा र अकिब इलियासले समान २-२ विकेट लिदा जिशान मकसूदको नाममा १ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रनको योगफल तयार पारेको थियो ।

ओमानका लागि आयन खानले ५९ बलमा ५ चौंका र १ छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ्ग खेलेर अविजित रहँदा कप्तान जीशान मकसूदले ४१ र सन्दीप गौडले ३४ रन जोडे ।

बलिङ्गमा कतारका लागि मोहम्मद मुराद र अमिर फारुकले समान ३९३ विकेट हात पार्दा इक्रामुल्लाह खानले २ विकेट लिए ।

प्रतिायेगिता अन्तर्गत समूह ए मा रहेको ओमानले जितसँगै पहिलो खेलबाट २ अंक जोडेको छ । यता हारबाट प्रतियोगिताको शुरुवात गरेको कतार अंक विहिन छ ।

१० राष्ट्र प्रतिस्पर्धी यस प्रतियोगितामा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा आयोजक नेपालसँगै मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । यस्तै समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङ्गकङ्ग र युएई रहेका छन् ।

बैशाख १८ गतेसम्म किर्तिपरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरि दुई स्थानमा हुने प्रतियोगितामा कुल २४ खेल हुनेछन् । प्रतियोगितामा दुवै समूहको शीर्ष दुई टोलीले सेमिफइनलमा स्थान बनाउने छन् । सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ।

फाइनलको विजेताले आगामी सेप्टेम्बरमा आयोजना एशिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ । एशिया कप आगामी जुलाईमा हुनेछ । यसैगरी शीर्ष तीनमा रहने टोलीले एशिया ईमर्जिङ्ग कपका लागि आफ्नो स्थान पक्का गर्नेछ ।

युएईले दिएको ३७२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा अलआउट हुँदै २२८ रनमा समेटियो । सैयद मोनिब ३६ बलमा ५ चौका र ६ छक्कासहित ६८ तथा परविन्दर कुमारले २६ बलमा १ चौका र ७ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ्ग खेले ।

यस्तै कप्तान मोहम्मद असलमले ३६ तथा शिराज खान र यासिन पटेलल समान १४-१४ रन जोडे। बलिङ्गतर्फ युएईका लागि जुनैद सिद्दिकी र कार्तिक मयप्पनले समान ३-३ विकेट लिए । संचित शर्मा, आयान अफजल खान, जहुर खान र रोहन मुस्तफाको नाममा १-१ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनकाले विसाल योगफल तयार पारेको थियो। कुवेत समक्ष चुनौतीपूर्ण लक्ष्य खडा गर्नको लागि युएईका वृत्य अरविन्द र रोहन मुस्तफाले उत्कृष्ट ब्याटिङ्ग गर्दै शतकीय पारी खेले ।

अरविन्दले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गर्दै ह्याट्रिक अर्धशतकसहित १८५ रनको शतकीय पारी खेले । मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्कासहित ११८ रनको शतकीय पारी खेल्दा आसिफ खानले ३० रन जोडे ।

बलिङ्गमा कुवेतका लागि शाहरुख कुद्दुस र परविन्दर कुमारले समान २-२ विकेट लिदा यासिन पटेल र सैयद मोनिबले समान १-१ विकेट लिए । प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको युएईले जितसँगै पहिलो खेलबाट २ अंक जोडेको छ ।

यस्तै युएई समूहको शिर्ष स्थानमा समेत उक्लिएको छ । यता हारबाट प्रतियोगिताको शुरुवात गरेको कुवेत अंकबिहीन रहँदै समूहको पुछारमा रहेको छ ।

प्रतिक्रिया