Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज दुई खेल हुँदै

प्रकाशित: April 20, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग:  आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछ ।

बिहीबार लिगको दशौँ चरणको अन्तिम दुई खेलहरु हुँदैछ ।  जसमा एक त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र  सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज आज चौंथो जितको योजनामा हुनेछ । चत्च ब्वाइज ९ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ । सातदोबाटो ९ खेलमा १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । थ्री स्टार र  हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार आज पाँचौं जितको खोजीमा हुनेछ । थ्री स्टार १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

हिमालयन आज तेस्रो जित निकाल्न चाहन्छ । हिमालयन ९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया