
काठमाडौं। सुनको मूल्य विहीबार तोलामा ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको मूल्य प्रति तोला एक लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुन तोलामा ३ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँमा रहेको छ।
बुधबार तोलामा १० रुपैयाँले बढेको चाँदी विहीबार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ।
विहीबार सुन प्रतिऔंस १९९२.४४ डलर र चाँदी प्रतिऔंस २५.०७ डलर छ। बुधबार सुन प्रतिऔंस २००२.८५ डलर र चाँदी २५.१८ डलरमा कारोबार भएको थियो।
प्रतिक्रिया