Pura Samachar

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १०३ जना नयाँ संक्रमित थपिए

प्रकाशित: April 20, 2023
पूरा समाचार

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १०३ जना नयाँ संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १०३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १६ सय ४५ जनाको परीक्षण गरिएको थियो । तीमध्ये ४५६ जनाको पीसीआर गर्दा ७२ जनामा तथा ११ सय ८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ६१ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ९ सय ५८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३ सय ९७ रहेको छ ।

प्रतिक्रिया