बहाराइले दिएको २८७ रनको लक्ष पछ्याएको सिंगापुर ४३.१ ओभरमा १५४ रनमै समेटियो। उसका लागि सुरेन्दरन चन्द्रमोहनले ६६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५१ रन बनाए। यस्तै, विनोथ बसकरनले २३ तथा थिलिपन ओमाइदुराईले २० रन बनाए।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा बहराइनका इमरान अनवरले सर्वाधिक ४ विकेट लिए भने रिजवान बटले ३ र अब्दुल मजैदले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २८६ रन बनाएको थियो। ३२ रन हुँदा २ विकेट गुमाएको बहराइनका लागि सहबाज बाबर र सोहेल अहमदले तेस्रो विकेटका लागि १०५ रनको शतकीय साझेदारी गरे ।
बाबरले ९८ बलमा ८ चौका र १ छक्का सहित ७६ र सोहेलले ८० बलमा ६ चौकासहित ४६ रन बनाए। यस्तै, फियाज अहमदले ५९ बलमा ९ चौका र १ छक्का सहित ७९ रन बनाउँदा मोहम्मद योनिसले २३ रनको योगदान दिए।
सिंगापुरका लागि रमेश कालिमुथु, थिलिपन ओमाइदुराइ र विनोथ बसकरनले समान २ विकेट बनाए।
नेपालमा जारी एसिसी प्रिमियर कपमा मलेसिया विजयी भएको छ । तेस्रो दिन मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियामाथि ८ विकेटको जित निकाल्यो।
मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै साउदी अरेबियाले दिएको १५४को लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।
उसका लागि ओपनर मोहम्मद अमिरले ४४ बलमा १२ चौकासहित सर्वाधिक ५६ रन बनाए । विरन्दीप सिंहले ५३ बलमा ८ चौका सहित ५१ बनाए भने सायद अजिज ३४ र मोहम्मद साहादत ४ रनमा नटआउट रहे। साउदीका लागि दुवै विकेट जैन उल अविजदिनले लिए।
साउदीले ४६.२ ओभरमा अलआउट हुँदै १५४ रन मात्र बनायो । उसका ३ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउने सके। उसका हसिब गाफुरले ७८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४० रन बनाए भने अब्दुल वाहिदले ३६ र कप्तान हिसाम सेखले २६ रनको योगदान दिए।
मलेसियाका लागि खिजर हायतले सर्वाधिक ३ तथन अनवर रहमान, मोहम्मद वाफिक र रिज्वान हैदरले समान २ विकेट लिए ।













प्रतिक्रिया